आइतवार, बैशाख २३, २०८१

विमान चालक प्रधानविरुद्ध मुद्धा दायर

काठमाडौ कात्तिक १९, नेपाल वायु सेवा निगमका चालक दीपेन्द्र प्रधानले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी विमान उडाइरहेको akither-ko-logo1अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको क्रममा फेला पारेको छ ।

विमान चालक प्रधानले सेवा प्रवेशको क्रममा विहार इन्टर मिडियट एजुकेशन काउन्सिल पटना भारतबाट सन् १९९३ मा आइएस्सी तह उत्तीर्ण गरेको भनी पेश गरेको प्रमाणपत्र नक्कली रहको पाइएकोले आज विशेष अदालतमा चालक प्रधानविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

आयोगद्दर आज प्रकाशित विज्ञप्तिमा विमान चालक प्रधानलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाइएको छ ।