बुधबार, बैशाख १९, २०८१

रात्रीबस एकआपसमा ठोक्किदा एक विदेशी नागरिक सहित ९ जनाको मृत्यु

काठमाडौं कात्तिक १५, पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको बसामाडीमा गएराती दुई वटा बस आपसमा ठोक्किदा एक विदेशी नागरिक सहित ९ जनाको मृत्यु भएको प्हरलिे जनाएको छ । प्रहरीका अनुसार काठमाडौंबाट विराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको बस र इलामबाट काठमाडौं आउँदै गरेको बस बसामाडीमा आपसमा ठोक्किदा उक्त दुर्घटना भएको थाहा भएको छ ।
दुर्घटनामा ८ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जानकार िदिदै काठमाडौंबाट विराटनगर जादै गरेको बसमा सवार इटहरीकी शान्ता लुइँटेल तथा इलामबाट काठमाडौं आउदै गरेको बसमा सवार इलामका रोशन भट्टराई, प्रविन आचार्य, सुजाता काफ्ले, मिलन अधिकारी, रक्षा श्रेष्ठ र इशा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुर्घटनामा रसियन महिला डारिया मोजकोभाको पनि मृत्यु भएको बुझिएको ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31