बिहिबार, बैशाख ६, २०८१

बस, ट्रक ठोक्किँदा पाँचजनाको मृत्यु

कलैया कात्तिक ५  वीरगन्ज–हेटौँडा सडकखण्डको बारा अमलेखगन्जस्थित ४ नम्बर पुलनजिक आज बिहान बस र ट्रक आपसमा ठोक्किँदा पाँचजनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमरा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वीरगन्जबाट हेटौँडातर्फ गइरहेको ना४ख १५४४ नम्बरको यात्रुबाहक बस र हेटौँडाबाट वीरगन्जतर्फ आइरहेको ना३ख ६२८५ नम्बरको ट्रक सो पुलनिर आवासमा ठोक्किँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृतकहरूको सनाखत नभएको, बस र ट्रक प्रहरी नियन्त्रणमा रहेको र चालक फरार भएको थाहा भएको छ ।