मङ्लबार, बैशाख २५, २०८१

कोरियामा भाग्ने खेलाडीलाई दश वर्षसम्म प्रतिबन्ध

काठमाडौं कार्तिक ३ , दक्षिण कोरियाको सम्पन्न १७औं एसियाली खेलकुद एसियाडका क्रममा भाग्ने चार नेपाली खेलाडीलाई एसियाली खेलकुद प्रतियोगिता कार्य सम्पादन समितिको बैठकले १० वर्षसम्म खेलकुदका सबै क्रियाकलापमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

 यो निर्णयले यत्ति नै वर्ष प्रतिवन्ध लगाउने नभनी १० वर्षसम्म भनी निर्णय गरिंदा त्यसभन्दा कम पनि हुन सक्ने जनाइएको छ । त्यसैगरी बैठकले भागेका खेलाडीहरुका प्रशिक्षक र व्यवस्थापकहरुलाई निलम्बन गरी एक वर्षसम्म वैदेशिक खेलकुद गतिविधिमा कार्य गर्न नदिने र विभागीय कार्वाहीका लागि राष्ट्रिय खेलकुद परिषदलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

खेलाडी भागेका संङघहरुको हकमा भने स्पष्टिकरण माग्ने निर्णय गरिएको कार्यसम्पादन समितिलाइ उदृतगर्दै जारी विज्ञप्तिमा उल्लेख छ । एसियाडमा उसुका दुई तथा एथलेटिक्स र सेबाकताक्रोका एक एक खेलाडी भागेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930