सोमवार, बैशाख २४, २०८१

ट्रिपरको ठक्करबाट पत्रकार दाहालको मृत्यु

काठमाडौं कातिक २, राजधानीमा शनिबार काभ्रेबाट गिटी बोकेर बालाजुतर्फ जाँदै गरेको बा २ ख ८७४७ नम्बरको ट्रिपरको ठक्करबाट बा २९ प ७७३५ basudev_ नम्बरको मोटरसाइकलमा सवार राप्रपा नेपालका प्रचार विभाग सदस्य वासुदेव दाहालको घटनास्थलमै मृत्यु भएको छ ।

यसअघि रेडियो नेपालको घटना विचार कार्यक्रमसहित विभिन्न सञ्चारमाध्यममा आबद्ध रहेका दाहाल कठमाडौं पत्रकार महासङघका  सदस्य समेत  रहेकाका छन । घटनापछि ट्रिपर र त्यसका चालक चन्द्रबहादुर तामाङलाई कारवाहीको लागि  प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्व: दाहाल प्रति kantipurhotline.com कोतर्फबाट हार्दिक श्रद्धञ्जिली प्रकट गर्दछौं