शुक्रबार, चैत्र १६, २०८०

पत्रकार साहको जीवन बचाउन पत्रकार महासङघको अपिल

काठमाडौं असोज २९, नेपाल पत्रकार महासंङघले लामो समयदेखि छातीको गम्भीर संक्रमणको उपचार गराइरहेका पत्रकार श्रीलाल साहको उपचारमा आर्थिक सहयोग पुर्‍याउन ‘पत्रकार श्रीलाल साह बचाउ अभियान’ सुरु गरेको जनाउदै  पत्रकार साहको जीवन बचाउन आफ्ना सबै सदस्य र आमसञ्चारकर्मीलाई एक सय रुपैयाँका दरले fnj sसहयोग गर्न नेपाल पत्रकार महासंङघले अपिल गरेको छ ।

वातावरण र दिगो विकासमा लामो समयदेखि सक्रियतापूर्वक कलम चलाउँदै आएका पत्रकार साहको आर्थिक अवस्था कमजोर रहेकोले उहाँको निजी स्रोतबाट उपचार गराउन सम्भव नभएपछि महासंघले यो अभियान चलाएको हो ।

अभियान आरम्भ गर्दै आजै नेपाल पत्रकार महासंङघले पत्रकार साहको उपचारका लागि १५ हजार सहयोग गरेको छ। साथै महासंघका पदाधिकारी, केन्द्रीय सदस्य तथा सल्लाहकारहरूका तर्फबाट पनि एक सय रुपैयाँका दरले सहयोग सङकलन गरिएको महासंङघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै श्रमजीवी पत्रकारको जीवन बचाउन नेपाल पत्रकार महासंघको नाममा रहेको पुतलीसडकस्थित कुमारी बैंक लिमिटेडको ०१०१५२४०४०४०१०१६ खातामा सहयोग जम्मा गर्न सकिने  महासंङघले आज प्रकाशित विज्ञप्तिमा उल्लेख गरेको छ ।