मङ्लबार, बैशाख २५, २०८१

खोज तथा उद्धार कार्य जारी थप पाँच जनाको भेटियो

काठमाडौ असोज ३०, मनाङ र मुस्ताङ क्षेत्रमा भएको हिमपातबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि त्रिभुवन विमानस्थलमा रहेको इमर्जेन्सी कन्ट्रोल सेन्टर आज बिहानैदेखि सक्रिय राखिएको बुझिएकोछ । त्यस्तै खोज तथा उद्धारका लागि बिहानैदेखि जोमसोम, मनाङ, बेनीलगायतका क्षेत्रमा चारवटा हेलिकप्टर परिचालित भई उडान भरिरहेको सो केन्द्रले जनाएको छ ।

यसैवीच मुस्ताङ र मनाङको सिमाना थोराङ्पासमा हिउँमा फसेर हराएकामध्ये बिहीबार उद्धार टोलीले तीनजना विदेशी र दुईजना नेपालीको समेत गरि थप  पाँचजनाको शव भेटिएको छ । यसरी हिमपातबाट स्वेदेशी र विदेशी गरी अहिलेसम्म २९ जनाले ज्यान गुमाएका छन् । आज बिहान थप पाँच वटा शव भेटिएपछि मर्नेको संख्या त्यति पुगेको हो ।

त्यस्तै अन्नपूर्ण सर्किटमा गएका १ सय ५० जनाको खोजी भइरहेको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । अहिलेसम्म सेनाले पाँच जर्मन, पाँच पोलिस र चार इजरायलीको उद्धार गरेको छ । काठमाडौंका एक्मी इञ्जिनियरीङ कलेजका दश जना विद्यार्थीको पनि उद्वार गरिएको छ । सीमा प्रहरी कार्यालय हुम्दीले पूर्वमन्त्री सुरेश मल्लका छोरीसहितको टोलीलाई उद्वार गरेको हो । यता, म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरी बेस क्याम्पमा आएको हिउँ पहिरोमा परी पाँच जना वेपत्ता भएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930