शुक्रबार, बैशाख ७, २०८१

प्रा.डा. मानन्धरको संयोजकत्वमा न्हूदँ राष्ट्रिय समारोह समिति गठन

काठमाडौ असोज ३०, नेपाल वर्ष ११३५ भव्य एवम् सव्य रुपमा लुम्बिनी विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धरको अध्यक्षतामा ७३ सदस्य 1422445_550827118321598_830181828_nनेपाल संवत् ११३५ न्हूदँ राष्ट्रिय समारोह समिति गठन गरिएको छ । त्यस्तै उद्योगी लक्ष्मीदास मानन्धरको संयोजकत्वमा पूर्व अध्यक्ष सम्मिलित एक सल्लाहकार समिति पनि गठन गरिएको छ ।

समितिमा नेपालभाषाका प्रतिष्ठित संस्थाहरू च्वसापासा, आशा सफूकुथि, नेपालभाषा परिषद् र नेपालभाषा एकेदेमीबाट लगायतका संस्थाको संस्थागतरुपमा प्रतिनिधत्व गराइएको छ भने समितिले ४० सदस्यीय सचिवालय समिति पनि गठन गरेको छ । सचिवालयमा आदिवासी, जनजाति र अन्य गैर नेवाः समुदायबाट पनि प्रतिनिधत्व गराउने निर्णय लिइएको छ ।