बिहिबार, बैशाख २०, २०८१

राप्रपा नेपालले गाई पूजा सहित आमसभा गर्ने

काठमाडौ असोज २७, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल केन्द्रीय कार्य सम्पादन समितिको आइतवार बसेको बैठकले मुलुकमा हिन्दू राष्ट्र, सङ्घीयतालगायत विषयमा आउँदो gai pujaकात्तिक ४ गते काठमाडौँमा पदयात्रा तथा आमसभा गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको राप्रपा नेपाल द्दरा जारी विज्ञप्तिम उल्लेख गर्दै कात्तिक ७ गते गोवद्र्धन पूजाका दिन देशभर गाईको पूजा गर्ने र सोही दिनदेखि १५ दिनसम्म हिन्दू राष्ट्र, सङ्घीयता र संवैधानिक राजतन्त्रका विषयमा जनमतसङ्ग्रहमा जानका लागि दबाब दिनका लागि देशभर विशेष हस्ताक्षर सङ्कलन अभियान सुरु गर्ने उल्लेख गरिएको छ ।