मङ्लबार, बैशाख ४, २०८१

५९ औं प्रहरी दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर

काठमाडौ असोज २६, ५९ औं प्रहरी दिवसको अवसरमा सामुदायिक सेवा केन्द्रहरु बौद्ध, जोरपाटी, साँखु, नक्साल र ट्याङ्गलाफाँटको संयुक्त आयोजना तथा बौद्धनाथ क्षेत्र nepal prahariबिकास समिति बौद्ध, झयारुङ खस्योर बचत तथा ऋण सहकारी संस्था बौद्ध, सेचेन क्लिनिक हस्पिटल बौद्ध, बौद्ध युवा समूह तथा फोहर मैला व्यवस्थापन समितिको प्रयोजनमा पशुपति बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई लक्षित गरी शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

त्यस अवसरमा बृद्धाश्रममा रहेका दुइ सय३० जना जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरिनुका साथै निशुल्क औषधी तथा फलफुल बितरण गरिएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्माको प्रमुखआतिथ्यतमा  सम्पन्न उक्त कायक्रममा अतिरिक्त महानिरीक्षकशमाले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रहरुले गरेका सामाजिक कार्यहरु आफैमा सह्रानिय रहेको बताउँनु भएको थियो ।

कायक्रममा पशुपति बृद्धाश्रमका प्रमुख मनोज कुमार बस्नेत, बौद्ध सेवा केन्द्रका अध्यक्ष देव कुमार लामा, महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरी, नक्साल सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठले कार्यक्रम सम्बन्धी आ–आफनो मन्तव्य व्यक्त गर्नुभएको  प्राप्त समाचारमा उल्लेख गरिएको छ ।