बिहिबार, बैशाख १३, २०८१

संस्कृतिविद् जोशीलाई उचाइ बराबरकै ताम्रपत्रबाट सम्मान गरिने

काठमाडौ असोज २७, नेपाली साहित्यको गरिमा वद्धिका लागि लामो समय निरन्तर योगदान पु-याउदै आएकोमा संस्कृतिविद् सत्यमोहन जोशीलाइ त्रिमूर्ति निकेतनले Satyamohan- आगामी मङ्सिर पहिलो हप्ता उहाँकै उचाइ बराबरको ताम्रपत्रद्वारा सम्मान गर्ने भएको छ ।

त्यस्तै नेपाल भाषा एकेडेमीका कुलपति समेत रहेका जोशीले नेपालको संस्कृति पहिचानमा गदैआएको अतुलनीय योगदानको सम्ममानमा एक भव्य कार्यक्रमकावीच उत्कृष्ट पुरुष घोषणा गरी सप्तनागजडित ताम्रपत्र एवम् रु पाँच लाख सहित सम्मान गर्ने तयारी भइरहेको निकेतले जनाएको छ ।