मङ्लबार, बैशाख २५, २०८१

पूर्व मुख्यमन्त्री जयललितालाई ४ वर्ष जेल सजाय सहित १ अर्व जरिवानाको आदेश

असोज बैंगलोर १२, भारतीय राज्य तलिम नाडूकी पूर्व मुख्यमन्त्री जयललितालाइ अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विविसीका अनुसार पूर्व मुख्यमन्त्री जयललितालाई सो अभियोगमा करिब एक दशक पछि अदालतले अकुत सम्पत्ति कमाएको भन्ने आरोपको पुष्टि भएको ठहर गर्दै उनको J._Jayalalithaa भ्रष्टाचारको अभियोग प्रमाणित गरेको जनाएको छ । उनी भारतकी एकजना प्रभावशाली राजनीतिज्ञ थिइन् र पछिल्ला समयमा विवादास्पद पनि बन्दै गएकी थिइन् । उनीमाथि सन् १९९७ मा नै अकुत सम्पत्ति कमाएको आरोप लागेको थियो । त्यस समयमा उनको घरबाट प्रहरीले कम्तीमा पनि २८ किलो सुन, ७५० थान जुत्ता तथा एक हजार भन्दा बढी थान सारी जफत गरेको थियो ।

बैंगलोर अदालतअगाडि उपस्थित भएका सम्वाददाताहरुलाई सरकारी वकिल जि बगवानी सिंहले भने– जयललितामाथि दाबी गरिएको अकुत सम्पत्ति कमाएको अरोप पुष्टि भएको छ । उनले पूर्व मुख्यमन्त्री जयललिताले आफुसँग भएको सम्पत्तिको स्रोत देखाउन नसकेकोले उनीमाथिको सो भ्रष्टाचारको मुद्दा सदर भएको जानकारी दिदै बैंगलोर अदालतले उनलाइ ४ वर्ष जेल सजाय सहित १ अर्व भारतीय रुपैया जरिवाना तिर्न आदेश भएको जानकारी दिएको बताएका छन ।

स्मरण् रहोस हाल जयललिताले भारतको संसदमा हाल तेस्रो ठूलो राजनीतिक दलको नेतृत्व गरिरहेकी छिन् । उनले आफ्नो दलको नेताबाटै राजिनामा दिने अनुमान भारतीय सञ्चारमाध्यमहरुले गरेका छन् । जयललितामाथि गरिएको यो कारबाहीपछि भारतीय राजनीतिमा ठूलै हलचल पैदा हुने अनुमान गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031