बिहिबार, बैशाख ६, २०८१

कारपार्किङ्गको क्षेत्रमा बम विस्फोट, सात घाइते

एजेन्सी पाकिस्तान १९, पाकिस्तानको दक्षिणपश्चिम भागमा पर्ने बलुचिस्तान प्रान्तमा शनिबार सडक किनारमा राखिएको एक भिषण बम विस्फोटन हुँदा कम्तीमा सात imagesव्यक्ति घाइते भएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । सडक किनारको कारपार्किङ्गको क्षेत्रमा सो बम विस्फोटन गराइएको जनाइएको छ । स्पीनी सडकमा योजना गरिएको यस बम विस्फोट कसैलाई लक्ष्यगरी गरिएको सो भने प्रष्ट नभएको बताइएको छ।

तर प्रहरी उपनिरिक्षक सो सडक पारगरि जानु भएको केही समयपछि विस्फोट भएको क्वेटा प्रहरी प्रुमख अब्दुल रजाक सेएमाले एएफपी समाचार समितिलाई बताउनुभएको छ । यस विस्फोटबाट घाइते भएका सात व्यक्तिलाई नै उपचारार्थ अस्पताल भर्ना गरिएको सेएमाले बताउनुभएको छ । बम निस्क्रिय विशेषज्ञका अनुसार सो बम विस्फोट दूर निययन्त्रित यन्त्रको प्रयोगबाट गरिएको छ । सो विस्फोटनमा ४० किलोग्राम विस्फोटमा पदार्थको प्रयोग गरिएको बम निस्क्रिय समूहका प्रमुख कमाण्डर अब्दुल रजाकले बताउनुभएको छ ।

‘भाग्यबस सो इलाकामा भिडभाड नभएको, यदि भिडभाड इलाकामा यत्रो ठूलो परिणाममा विस्फोटक पदार्थ विस्फेटन भएको भए ठूलो सङ्ख्या हताहत हुने थियो’ भनेर रजाकले बताउनु भएको छ ।  यस आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैन् । तर यस इलाकाममा इस्लामिक कट्टरपन्थी आतङ्ककारी र बुलुच पृथकतावादीहरु बढी सक्रिय रहेका बताइन्छ । एएफपी