म्याग्दी असोज ७, म्याग्दीको राम्चेबाट सदरमुकाम बेनी आउँदै गरेको ग१ज ४३२४ नम्बरको जिप आज दिउँसो दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । म्याग्दीको हिस्तान भन्ने स्थानमा रहको गिद्धेश्वर मन्दिर नजिकको भिरबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीलाइ उदत गर्दै प्राप्त समाचारमा जिपमा सवार १३ जना मध्ये १२ जनाको मात्र शव फेला परेको छ । मृतक १२ जना सबैको सनाखत भइसकेको बुझिएको छ ।
यसरी मृत्यु हुनेमा राम्चे गाविसका सचिव शालिग्राम शर्मा , वैकुण्ठ शर्मा, भवन डिभिजन कार्यालय बागलुङका इन्जिनियर डिल्लु श्रेष्ठ, भवन डिभिजन कार्यालय बागलुङका सुपरभाइजर हेमन्त सिउथानी, राम्चे स्वास्थ्य चौकीका ठेकेदार रामबहादुर खत्री, चालक घमबहादुर पुर्जा, राम्चेका सुरेश गर्वुजा, राम्चे– ४ की याममाया पुर्जा, बागलुङका सुमित मलेपति, हिस्तान घराम्दीका देउबहादुर गर्वुजा, उनकी श्रीमती सममती गर्वुजा र हिस्तान घराम्दीकै हेमसरा गर्वुजा रहेको समाचारमा उल्ल्ेख गरिएको छ ।