बिहिबार, बैशाख २०, २०८१

लापर्बाही ढङ्गले सवारी चलाउने चालकलाई कारबाही गरिने

काठमाडौ असोज ६, सवारी हाँक्दा मादक पदार्थ सेवन गरी सवारी चलाउने लाई कडाइका रुपमा नियन्त्रण गर्दै आएका प्रहरीले अब सडकमा suraksha kadaलापर्बाही ढङ्गले सवारी चलाउने चालकलाई पनि कडा कारबाही गर्ने भएको छ । मापसेलाई गरिने सवारी चालक अनुमतिपत्र लाइसेन्स प्वाल पार्ने, रु एक हजार जरिवाना र प्रशिक्षणको कारबाही गर्दै आएकोमा प्रहरीले अब सडक लेन मिच्ने चालकलाई पनि त्यस्तै किसिमको कारबाही गर्ने तयारी गरेको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माले सडक लेन मिचेर जथाभावी रुपमा सवारी चलाउने चालकलाई कारबाही गर्ने सम्बन्धमा प्रहरी आवश्यक निति अख्तियार गरिसकेको जनाउ दिदै ठमेल पर्यटन परिषद्द्दारा त्यस क्षेत्रमा मौलाउँदै आएको यावत विकृती जन्य कामकारवाही तथा सवारी व्यवस्थापन र पर्यटकीय क्षेत्रको सुरक्षा विषयक कार्यक्रममा मापसे जस्तै अब सडक लेन अतिक्रमण गरी अनियन्त्रित रुपमा सवारी चलाउने चालकलाई कानुनी दायरामा ल्याइने बताउँनु भएको हो ।

कर्यक्रममा टानका अध्यक्ष रमेश धमला, ठमेल पर्यटन परिषद्का अध्यक्ष रामशरण थपलिया, पर्यटन व्यवसायी दीपक महत, रात्रिकालीन व्यवसायी सङ्घका अध्यक्ष समिर गुरुङ, नेपाल मिटर ट्याक्सी सङ्घका अध्यक्ष अर्जुन गौतम, मसाज व्यवसायी सङ्घका उपाध्यक्ष सुबलाललगायतले ठमेललाई पर्यटकीय दृष्टिकोणले २४ सैँ घण्टा खुल्ला गरिनुपर्ने र त्यहाँ बत्ती, सडक र सुरक्षाको भरपर्दो व्यवस्था हुनुपर्ने जोड दिनु भएको थियो ।