शनिबार, बैशाख १५, २०८१

पञ्चेश्वर आयोजना कार्यान्वयनका लागि संयुक्त सचिव स्तरीय बैठक आजदेखि हुदै

काठमाडौ असोज ६, पञ्चेश्वर जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल भारत संयुक्त ऊर्जासचिव स्तरीय बैठक आजबाट पञ्चेश्वर जलविद्युत् आयोजनाराजधानीमा सुरु हुने भएको छ ।  महकाली नदीमा निर्माण हुने सो बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने विषयमा गत श्रावणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा भएको सहमति अनुरुप विगत लामो समयदेखि अवरुद्ध हुँदै आएको यो आयोजनालाई अगाडि बढाउने उद्देश्यका साथ संयुक्त बैठकको आयोजना गन लागेको सम्वद्धस्रोतले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको क्रममा उक्त आयोजनालाई छिट्टै अगाडि बढाउने लक्ष्यकासाथ उच्चस्तरीय पञ्चेश्वर प्राधिकरणसमेत गठन गर्ने सम्झौता भए बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव राजेन्द्र क्षेत्री लगायत, नेपाल विद्युत् विकास विभाग, सिँचाइ मन्त्रालय, जल तथा ऊर्जा आयोग, नेपाल विद्युत् प्राधिकरण, अर्थ र परराष्ट्र मन्त्रालयका पदाधिकारी सहभागी हुनुहुनेछ भने भारतका तर्फबाट जलस्रोत सचिवको नेतृत्वको प्रतिनिधिमण्डलको सहभगिता रहने बताइएको छ।