बिहिबार, बैशाख २०, २०८१

ठगी मुद्दाका आरोपी शाह पक्राउ

काठमाडौ भाद्र ९, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले वैदेशिक रोजगार ठगी मुद्दाका आरोपी सञ्जीवकुमार शाहलाई जोरपाटीबाट आज पक्राउ 10452827_668851326519176_7721601283545449707_oगरी जिल्ला अदालत काठमाडौँमा पेस गरेको छ ।

ब्युरोकाका अनुसार शाहले बेलायत पठाइदिन्छु भन्दै रकम उठाएको, रकमसमेत फिर्ता नदिएको र रोजगारीमा समेत नपठाएको भन्दै पीडितका तर्फबाट रामकृष्ण धितालले दिएको उजुरीको आधारमा वैदेशिक रोजगारीको ठगी मुद्दामा यसअघि नै वैदेशिक रोजगार न्यायाधीकरणले दोषी ठह¥याउँदै पक्राउ पुर्जी जारी रहेका शाहलाइ ब्युरोले पक्राउ गरेको हो । शाहले रु २४ लाख २५ हजार ठगी गरेको अनुसन्धानबाट खुलेको व्युरोले जनाएको छ ।