शुक्रबार, चैत्र १६, २०८०

पशुपतिमा तीज व्यवस्थित मूल व्यवस्थापन समिति गठन

काठमाडौ भाद्र १०, पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका तीज पर्व व्यवस्थित ढङ्गले सञ्चालन गर्न १०१ सदस्यीय मूल व्यवस्थापन pashupati mandirसमिति गठन गरेको छ । कोषद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा कोषाध्यक्ष तारानाथ सुवेदीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको जानकारी दिइएको हो ।

भदौ १२ गते बिहान ३ः३० बजे नै मन्दिर खोली भक्तजनको प्रवेशका लागि सहज गरिने कोषका सदस्य–सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो । यस वर्षको तीजमा पाँच लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको पनि उहाँले बताउनुभयो । यस वर्ष ब्रतालु महिलालाई समस्या हुन नदिन पशुपति प्राङ्गणमा रातो म्याट बिच्छ्याउन लागिएको पनि सदस्य–सचिव टण्डनले बताउनुभयो ।

त्यसैगरी तीन जना पण्डितबाट तीज पर्वका बारेमा जानकारी गराउन लागिएको पनि उहाँले बताउनुभयो । त्यस्तै गरि मन्दिर प्राङ्गणमा पुगेपछि आधा घण्टाभित्र दर्शन गर्न सकिने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो । तीजका लागि दुई हजार २४६ प्रहरी परिचालन गर्न लागिएको महानगरीय प्रहरी बृत्त गौशालाका प्रहरी नायब उपरीक्षक हरिनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार पशुपतिभित्र महिलाको लाइन मिलाउन ११३ महिला प्रहरी परिचालन हुनेछन् । दर्शनार्थी महिलाका लागि तीनवटा दर्शन मार्ग निर्धारण गरिएको छ ।