शुक्रबार, चैत्र १६, २०८०

न्याय प्रणालीको अन्तरवस्तुबारे प्र.न्या सहितका सरोकारवालासँग सुझाव लिने

काठमाडौ भाद्र ९, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले प्रस्तावित नयाँ संविधानको न्याय प्रणालीसम्बन्धी अन्तरवस्तुबारे सर्वाेच्च अदालतका प्रधानन्यायाधीशसहितका न्यायाधीससँग राय सुझाव लिने भएको छ । समितिको बैठकमा नयाँ संविधान लेखनको सन्दर्भमा दलबीच 40643ecdfcf3ac8836355f8c6ee20e1bन्याय प्रणालीअन्तर्गत खास गरी सर्वाेच्च अदालतको अधिकार क्षेत्र र संवैधानिक अदालतको गठन सम्बन्धमा मतभेदका रहँदै आएको न्याय प्रणालीका विषयमा आजबाट प्रारम्भिक छलफल आज सकिए पनि सरोकारवाला पक्ष न्यायाधीशहरूसँग छलफल गरेर टुङग्याउने सहमति भएको समितिका सचिव मुकुन्द शर्माले बताउँन भएको छ। न्याय प्रणालीअन्तर्गत सर्वाेच्च अदालत र संवैधानिक अदालत अधिकार, कार्यक्षेत्र, न्यायाधीशको नियुक्ति, योग्यता, सरुवा, बढुवा, बर्खास्ती, न्यायालयको तहगत संरचना र न्याय सम्पादनमा देखिएका विकृतिको अन्त्य गर्ने विषयमा समितिमा छलफल भएको थियो ।

यस अघि तत्कालीन संवैधानिक समितिअन्तर्गत गठित विवाद समाधान उपसमितिले गरेका निर्णयमाथि छलफल गरी सहमतिसहितको प्रतिवेदन पेस गर्न गठित उपसमितिले दिएको प्रतिवेदनमाथि आधार समितिमा न्याय प्रणालीबारे छलफल भएको थियो