बिहिबार, बैशाख २०, २०८१

एमाओवादी भित्रको आन्तरिक द्धवन्द पार्टी विभाजनको सङघारमा

भट्टराई पक्षले गरे महेन्द्र श्रेष्ठको  अध्यक्षतामा ५७ सदस्यीय जिल्ला कमिटी गठन

काठमाडौं भाद्र ४, एमाओवादी भित्रको आन्तरिक द्धवन्द सम्बोधनको लागि भइरहेको यावत प्रयासका वावजुद पनि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम पक्षबीचको दूरी तिव्रतर रुपमा बढेको छ । यसको पछिल्लो परिणाम स्वरुप एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई parchanda-baburamपक्षले काठमाडौंमा समान्तर जिल्ला कमिटी गठन गर्नुलाइ नजीरका रुपमा लिन सकिने राजनैतिक विश्लेषकहरुले बताएका छन ।

भट्टराई पक्षले राजधानीमा आज पत्रकार सम्मेलन गरी महेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ जिल्ला कमिटी बनाइनु प्रस्तुत आन्तरिक द्धवन्दको ज्वलन्त् नमूना भएको पनि ति विश्लेषहरुले बताए । आज राजधानीको बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा नयाँ कमिटीबारे जानकारी दिदै भट्टराई पक्षका महेन्द्र श्रेष्ठले आफ्नो अध्यक्षतामा ५७ सदस्यीय जिल्ला कमिटी गठन गरेको जानकरी दिनु भएको छ । नवगठिन समितिका अध्यक्ष श्रेष्ठले गठित समितिको उपादेयतामाथि प्रकास पादै गर्दा अव एमाओवादी दुइ शिरामा विभाजन हुने प्राय निश्चित भएको देखिन्छ ।