बुधबार, बैशाख २६, २०८१

सरकारी रकमको हिनामिनामा संलग्न कर्मचारीलाई निलम्बन गर्न निर्देशन

काठमाडौ श्रावण ३०, रौतहटका स्थानीय निकायमा कार्यरत कर्मचारीलाई सरकारी अनुदान रकमको हिनामिना गरेको आरोपमा निलम्बन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिविस रौतहटलाई निर्देशन दिएको छ ।

akither ko logoजिविस र विभिन्न नगरपालिका एवम् गाविसबाट विभिन्न समयमा सरकारी अनुदान रकममा दुरूपयोग गरेको अभियोगमा गाविस सचिव शिवपूजनप्रसाद यादव, वीरेन्द्रप्रसाद चन्द्रवंशी र सत्येन्द्रकुमार झा तथा प्राविधिक सहायकद्वय उमाशङ्करप्रसाद यादव र राजेश्वर साहलाई निलम्बन गर्न आयोगले सिफारिस गरेको हो ।

हाल पदमा बहाल रहँदा आफूविरुद्धको प्रमाण नष्ट गर्न सक्ने र अनुसन्धानमा समेत बाधा पु¥याउन सक्ने भएको हुँदा अभियुक्त पाँच जनालाई निलम्बन गर्न जिविस रौतहटलाई लेखिपठाएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैवीच आयोगले आजै मोरङको राधिका उच्च माध्यामिक विद्यालयमा कार्यरत शिक्षक उत्तमलाल पण्डितले नियुक्ति प्रयोजनका लागि पेस गरेको हिन्दी विश्वविद्यालय, इलाहाबाद, भारतको शैक्षिक प्रमाणपत्र नक्कली भएको अभियोगमा निजविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031