शुक्रबार, बैशाख १४, २०८१

पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

 काठमाडौं श्रावण ३० नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलो भन्ने ठाउँमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । जिल्ला downloadप्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ११ः३० बजे खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

सडक खुलाउनका लागि मुग्लिनबाट डोजर गइसकेको र भरतपुरबाट पनि पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो । माथिबाट ठूलाठूला ढुङ्गा खसेकाले पहिरो हटाउन केही समय लाग्ने उहाँको भनाइ छ । पहिरो खसेको स्थल कविलास गाउँ विकास समिति वडा नं ३ मा पर्दछ । सडक अवरुद्ध भएसँगै मुग्लिनतर्फ जाने र नारायणगढतर्फ आउने सवारी साधन रोकिएका छन् ।

यसैबीच नारायणी नदीको बहाव खतराको सूचीमा पुगेपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पश्चिम चितवनको मेघौली र मङ्गलपुरमा सशस्त्र र जनपथ प्रहरी तयारी अवस्थामा राखिएको निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो । यसअघि बिहीबार शक्तिखोरमा पहिरोले पुरिएर एक गर्भवती महिलाको मृत्यु भएको थियो भने एक पुरुषको खोलाले बगाएर मृत्यु भएको बझिएको छ