मङ्लबार, बैशाख १८, २०८१

बसको ठक्करबाट पैदलयात्री ठहरै

भक्तपुर श्रावण २६, भक्तपुरको जगातीमा जलविरेबाट काठमाडाँैतर्फ आउँदै गरेको बा२ख ६२६३ नम्बरको बसको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । आज दिउँसो जलविरेबाट तीव्र गतिमा आएको बसको ठक्करबाट नङ्खेल गाविस वडा नं ५ बस्ने वर्ष २७ की कान्छी निता वनमालाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटना पछि बस चालक फरार रहेकाले खोजी कार्य भइरहेको जनाउँदै प्रहरीले दुर्घटनाको विरोधमा स्थानीय जनताले करिब एक घण्टा अवरुद्ध गरेको सडक प्रहरीले १ः१५ बजे सुचारु गरेको जनाएको छ । प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल माराखिएको बुझिएको छ ।