बुधबार, बैशाख १९, २०८१

मन्त्रिपरिषद्को बैठक : आज प्रस्तुत हुने बजेट प्रस्ताव सङगै थप पाँच विधेयक अनुमोदन

  • लोककल्याणकारी विज्ञापनमा आव २०७०/०७१ देखि लागू हुने गरी २५ प्रतिशत रकम वृद्धि गर्ने निर्णय.

  • पत्रकारहरुको शुक्रवार देखि जारी अनसनका सवै कार्यक्रम फिर्ता…

काठमाडौँ आषाढ २९, नेपाल सरकारको तर्फबाट अर्थमन्त्रीले आर्थिक वर्ष २०७१/०७२ का लागि व्यवस्थापिका–संसदमा प्रस्तुत गर्ने बजेट मन्त्रिपरिषद्को कार्यवाहक singhadurbarप्रधानमन्त्री बामदेव गौतमको अध्यक्षमा बसेको आजको बैठकले अनुमोदन गरेको छ ।

बजेटसँगै सरकारले आार्थिक विधेयक, विनियोजन विधेयक, पेश्की खर्च विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकहरु पनि संसदमा प्रस्तुत गर्नका लागि स्वीकृती प्रदान गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनु भएको छ ।

बैठकले सूचना विभागमार्फत पत्रपत्रिकालाई वितरण गर्ने लोककल्याणकारी विज्ञापनमा आव २०७०/०७१ देखि लागू हुने गरी २५ प्रतिशत रकम वृद्धि गर्ने निर्णय गरेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।
स्मरण रहोस गत आवमा नै तत्कालीन रेग्मी सरकारले वजेटमा नै व्यवस्था गरि लोककल्याणकारी विज्ञापनको हकमा वृद्धि गरेको उक्त रकमको माग गदै नेपाल पत्रकार महासङघ काठमाडौंको अगुवाईमा गत आषाढको दोस्रो साता देखि आन्देलित भएका थिए । यसै क्रममा गत २३ गते देखि पत्रकारहरुले सूचना विभागको मूल गेटमा तालावन्दी गरि रिले अनसन सम्मका विरोधका कार्यक्रम संचालन गरेका थिए ।  प्रस्तुत प्रसङमा नितिगत सहमति भए पछि आन्देलित पत्रकारहरुले शुक्रवार देखि जारी अनसनका सवै कार्यक्रम फिर्ता गरेका थिए ।