शुक्रबार, बैशाख १४, २०८१

मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन तोकिएकै समयमा संविधान :उपप्रम सिंह

काठमाडौं अषाढ २९, उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले आज बन्दीपुरको डुम्रेमा श्री चिज कुमार ।विष्णुकुमारी क्यामम्पसको ५ औ वार्षिकउत्सव तथा नवनिर्मित भवनको उद्घाटन गर्दै निर्धारित मितिमै संविधान जारी नभए मुलुक गम्भिर र्दुघटनामा फस्ने बताउँनु भएको छ । कार्यक्रममा मन्त्री सिंहले आउँदो माघ ८ मा जसरी भए पनि नयाँ संविधान जारी गर्न नसकिए मुलुक गम्भीर संकटमा फस्ने भन्दै मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन तोकिएकै समयमा संविधान जारी गर्नुको विकल्प नरहेको अभिव्यक्ति दोहोर्याउनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै उहाँले सम्बोधनकै क्रममा मुलुकमा जारी लामो अस्थिरतापछि राजनीतिक निकासका लागि नेपाली काँग्रेसको नेतृत्वमा निर्वाचित सरकार क्रियाशील रहेको जिकिर गर्दै काँग्रेसका महामन्त्री समेत रहेका सिंहले सवै दललाई मिलाएर संविधान निर्माणका लागि अघि वढ्न आफ्नो दल र सरकार सदैव तत्पर रहेको बताउँदै आज व्यवस्थापिका संसदको बैठकमा प्रस्ुतत हुने बजेटले किसान र गरिव जनताको लाई लक्षित गरी आउने भन्दै उनले बजेटमा गरिव किसानसँगै युवा स्वरोजगार र आयआर्जनका कार्यक्रमलाई केन्द्रमा राखेर आउने बताउँनु भएको छ ।