मङ्लबार, बैशाख १८, २०८१

सामाजिक सुरक्षा भत्ता अपचलन गर्ने सचिव विरुद्ध मुद्दा दायर

काठमाडौँ आषाढ १९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा हरिपुर गाविसमा आर्थिक वर्ष ०६८÷ ६९ देखि ०६९÷७० को सामाजिक सुरक्षा  logoभत्ता वितरणमा अनियमितता गर्ने तत्कालीन सचिवद्वय र प्राविधिक सहायक क्रमस छोटेलाल साह र प्रेमकुमार पण्डित तथा प्राविधिक सहायक अमृतबहादुर काकी विरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार हरिपुर गाविसमा निजहरुले सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा रु पाँच लाख ८६ हजार ५०० अनियमितता गरेको अनुसन्धानबाट पुष्टि भएको भन्दै उनीहरूलाई हदैसम्मको कारवाहीको माग गरेको छ ।