बिहिबार, बैशाख २०, २०८१

व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रममाथिको छलफल मङगलवार देखि

काठमाडौँ आषाढ १५, राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका–संसदको आजको बैठकमा प्रस्तुत गर्नुभएकोे सरकारको आगामी आर्थिक वर्ष timthumb_20140318२०७१/०७२ को नीति तथा कार्यक्रममाथि मङगलवार र बुधवार बस्ने व्यवस्थापिका संसदको बैठकमा विशेष छलफल हुने भएको छ । छलफलमा नीति तथा कार्यक्रममाथि सांसदहरूले बोल्नेक्रम सकिए लगत्तै उहाँहरूले उठाउनुभएको जिज्ञासा र प्रश्नको कार्यवाहक प्रधानमन्त्री  बामेदव गौतमले जवाफ दिनु हुने संसद सचिवालयले जनाएको छ ।

यसअघि बैठकमा उपप्रधानमन्त्री गौतमले व्यवस्थापिका संसदको अधिवेशनमा राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति टेबुल गर्नुभएको थियो । राष्ट्रपतिद्वारा व्यवस्थापिका–संसदको अधिवेशनलाई आज गर्नुभएको सम्बोधनको लागि दोस्रो बैठकमा नेपाली काँग्रेसका तर्फबाट चीनकाजी श्रेष्ठले धन्यवादको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
व्यवस्थापिका संसदको अर्को बैठक यही आषाढ १७ गते बिहान ११ बजे बस्नेछ ।