बिहिबार, बैशाख १३, २०८१

उपप्रधानमन्त्री सिंहद्धारा डीआइडी लिटिल स्टार तेरियालाई सम्मान

काठमाडौं आषाढ १५, उपप्रधानमन्त्री प्रकाशमान सिंहले गत साता भारतीय टेलिभिजन च्यालन जी टीभीबाट प्रशारित डीआइडी लिटिल स्टारको ३ उपाधि जितेकी वुटवलकी तेरिया मगरलाई ललितपुरमा आज एक कार्यक्रमबीच लुम्बिनी बालिका शान्ति दूत सम्मानबाट सम्मानित गर्दै नेपालमा जन्मिएर विदेशी भूमिमा भएको डान्स प्रतियोगितामा प्रथम भइ देशको शीर उच्च गर्ने कार्य गरेकोमा बधाइज्ञापन गर्नु भएको छ ।

लुम्बिनी–कपिलवस्तु अभियानद्धरा आयोजित उक्त कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सम्मानपत्र प्रदान गर्दै तेरियाको उज्जवल भविष्यको कामना गदै तेरियालाई शुभकामना दिनुभएको उहाँका सहयोगी युपी लामिछानेले बताउँनु भएको छ ।
 

तस्विर: युपी लामिछाने