बिहिबार, बैशाख २०, २०८१

२० हजार घुस लिँदै रूख कटान गर्ने आदेश दिने वन अधिकृत धिताल रङगेहात अख्तियारको फन्दामा

काठमाडौं आषाढ ११, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला बन कार्यालय काभ्रेका सहायक वन अधिकृत प्रल्हादप्रसाद धिताललाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ । धिताललाई काठमाण्डौ स्थित वन विभाग, बबरमहलको परिसरमा निज सेवाग्राहीसंग उक्त कार्य गर्नका लागि रू २० हजार घुस लिँदै रूख कटान गर्ने आदेश दिदैको अवस्थामा आयोगको विशेष टोलीले पक्राउ गरी हिरासतमा लिई थप अनुसन्धान सुरु गरेको akihtiyerजनाएको छ ।

यसैवीच सिंचाई विभाग अन्तर्गत सम्पर्क तथा भू–आर्जन कार्यालय गण्डक योजना वाल्मिकीनगर, नवलपरासीमा क्यासियर पदमा कार्यरत सुरेन्द्र कुमार तिवारीले सेवा प्रवेशका लागि पेश गरेको सन् १९९७ मा ईन्टरमिडियट परिक्षा पास गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुट्ठा देखिन आएकोले निज उपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को १६९१० बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाण्डौंमा मुद्धा दायर गरेका जनाएको छ ।

त्यस्तै यातायात व्यवस्था विभाग, मिनभवनमा कार्यरत कम्प्युटर ईन्जिनियर हरिश भट्ट र सोही विभाग अन्तर्गत यातायात व्यवस्था कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर संजिव न्यौपानेलई यातायात व्यवस्था ऐन २०४९ विपरीत कम्प्युटर तथा विद्युतीय अभिलेख सच्याउने तथा थपघट गरी अनियतमितता गर्दै भ्रष्टाचार गरेको अनुसन्धानको क्रममा देखिएको भन्दै निलम्बन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ ।
कम्प्युटर ईन्जिनियर भट्ट र अपरेटर संजिव न्यौपाने लाई बहालमै राखी अनुसन्धान गर्दा आफू विरूद्धका प्रमाण नष्ट गर्नुका साथै अनुसन्धान समेतमा बाधा पुर्याउन सक्ने भएकोले निजहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा३ बमोजिम निलम्बन गर्न मन्त्रालयलाई पत्राचार गरिएको आयोगले जनाएको छ ।