शनिबार, बैशाख ८, २०८१

पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख निरौलाले पुनःआफ्नो जिम्मेवारी सम्हाले

  काठमाडौँ आषाढ ११, अख्तियारको चेतावनी सहितको निर्देशन पछि सुचारु भएको नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौलाले आजदेखि पुनःआफ्नो पदीय जिम्मेवारी सम्हाल्नुभएको छ । subash-niraulaपर्यटन व्यवसायीको महिनौको आन्दोलनका कारण बोर्ड प्रवेश गर्न समेत नपाउँनु भएका निमित्त कार्यकारी निरौलाले एक साताअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय सुचारु गर्न दिएको निर्देशन पश्चात् आजदेखि काम सुरु गर्दै समयदेखि बन्द रहेको बोर्डलाई नियमित रुपमा सञ्चालन गर्न व्यवसायीसँग समन्वय गरेर अघि बढ्ने सक्षिप्त प्रतिक्रिया पत्रकारलाई पुनः जिम्मेवारी सम्हाल्दै गर्दाको अवस्थामा अभिव्यक्त गर्नु भएको छ ।

यसअघि बोर्डमा भएका अनियमितताको छानबिनको माग राख्दै आन्दोलनरत संयुक्त पर्यटन समन्वय समितिले अख्तियारको निर्देशनपछि पत्रकार सम्मेलन गरी आन्दोलन फिर्ता लिएको थियो ।