बिहिबार, बैशाख १३, २०८१

आयोगले उपनिर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष बुझाए

काठमाडौं आषाढ ११,   निर्वाचन आयोगले गत आइतवर सम्पन्न संविधानसभा सदस्य उपनिर्वाचन अन्र्तगत काठमाडौँ निर्वाचन क्षेत्र नं २, चितवन sital-niwasक्षेत्र नं ४, बर्दिया क्षेत्र नं १ र कैलाली क्षेत्र नं ६ को निर्वाचनमा विजयी उम्मेदवारको नाम, दल र उनीहरूले प्राप्त गरेको मतसङ्ख्यासहितको विवरण सहितको परिणाम आज राष्ट्रपति डा रामवरण यादवसमक्ष पेस गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङको नेतृत्वमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका आयुक्तहरू डा अयोधीप्रसाद यादव, डा रामभक्त पीभी ठाकुर, इला शर्मा र सचिव मधुप्रसाद रेग्मीसहितको टोलीले निर्वाचन परिणाम राष्ट्रपति डा यादव समक्ष पेस गरेको हो ।

आयोगको विवरण बुझेपछि राष्ट्रपति डा यादवले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिँदै समग्र निर्वाचन प्रणालीमा सुधारको खाँचो रहेको औँल्याउनुभएको प्रवक्ता महेश्वर न्यौपानेले जानकारी दिनुभयो ।