बिहिबार, बैशाख २०, २०८१

आज अर्जेन्टिनाले ईरान र जर्मनीले घानाविरुद्ध धावा बोल्दै,नाइजेरियाले बोस्नियाको सामना गर्ने

काठमाडौ आषाढ ७, विश्वकप महासङग्राम अन्तर्गत आज राति समूह ‘एफ’ र ‘जी’ का खेलहरु हुँदैछन् । समूह ‘एफ’ को दोस्रो चरणको खेलमा राति पौने १० बजे अर्जेन्टिना र ईरानवीचको खेल हुँने भएको छ । प्रस्तुत खेल सर्वाधिक चर्चाको विषय पनि बनेको छ । अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा imagesबोस्निया हर्जगोविनालाई पराजीत गर्दा खेलेको खेलको रफ्तार त्यति उत्शाहप्रद नभएको भन्दै विश्लेषहरुले  आजको खेलमा अर्जेन्टिनाका गोलमेकर लिओनल मेसीले कस्तो खेल खेल्ने हो त्यसमा अर्जेन्टिनाको भविष्य निर्भर रहने बताएका छन ।

अर्जेन्टिनाले कुनै पनि अवस्थामा आफ्ना प्रतिसप्रर्धी  ईरानलाई कमजोर ठान्न नहुने मत पनि ति विश्लेषहरुले प्रकट गरेका छन ।

त्यस्तै  राती पौने १ बजे समुह ‘जी’ को खेलमा जर्मनीले घानाको र समुह ‘एफ’ को दोस्रो चरणको अन्तिम खेलमा आइतवार बिहान पौने ४ बजे नाइजेरियाले बोस्नियाको सामना गर्ने भएको छ ।