मङ्लबार, बैशाख १८, २०८१

प्रेस स्वतन्त्रताको माग गर्दै विधानसभा भवन अगाडि धर्ना

काठमाडौ आषाढ ७, प्रेस चौतारी नेपालले संविधानमा प्रेस स्वतन्त्रताको सुनिश्चितताको माग गर्दै संविधानसभा भवन अगाडि शुक्रवार साँझ विरोध प्रदर्शन गरेको छ । संसदमा ‘अदालत अपहेलना तथा मानहानीसम्बन्धी विधेयक २०७१ दर्ता गरी प्रेस स्वतन्त्रतामा कुण्ठित गर्ने प्रयास भइरहेको भन्दै 10488024_10201087051538793_8461566285932360064_nचौतारीले त्यसको विरोधस्वरुप विरोध तथा धर्नाको कार्यक्रम आयोजना गरेको हो ।

धर्ना कार्यक्रममा पत्रकार महासङ्घका पूर्व अध्यक्ष शिव गाउँले, महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारी, चौतारीका अध्यक्ष राजेन्द्र अर्याललगायतका वक्ताले लोकतन्त्रको रक्षाका लागि प्रेस स्वतन्त्रता तथा जनताको सूचनाको अधिकार सुरक्षित हुनुपर्ने माग गर्दै नागरिकको स्वतन्त्रतामा बन्देज लगाउन केही दिन अगाडि व्यवस्थापिका–संसदमा दर्ता गरिएको विधेयक खारेजीको माग गर्दै उक्त विधेयक फिर्ता लिन भनेका छन ।