मङ्लबार, बैशाख १८, २०८१

पूर्व शिक्षा अधिकारी सहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता

काठमाडौँ अषाढ १, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झोले विद्यालय खडा गरी राज्यकोष दुरूपयोग गरेको आरोपमा सिराहा जिल्लाका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित छ जनाविरुद्ध आज विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।

bisays adalatअख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार सिरहाका तत्कालीन जिल्ला शिक्षा अधिकारीद्धय दिलीपकुमार ठाकुर, खडानन्द पराजुली, कार्यक्रम अधिकृत शम्भुप्रसाद भट्टराई, स्रोत व्यक्ति श्यामकुमार यादव, श्री शङ्कर प्राथमिक विद्यालयका प्रधानाध्यापक मुकेशकुमार यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हीरादेवी यादवले रु १७ लाख ६७ हजार ९५४ दुरूपयोग गरेको देखिन आएकाले मुद्धा दर्ता गरिएको हो ।

झोले विद्यालय खडा गरी आर्थिक वर्ष २०६७/६८ देखि २०७०/७१ सम्म राज्यकोषको दुरूपयोग गरेको र बदनियतपूर्वक काम गरेको देखिएकाले उनीहरूलाई हदैसम्मको कारबाहीको माग गरिएको छ ।