बिहिबार, बैशाख २०, २०८१

एआइजीका लागि सात जना नायब महानिरीक्षकको नाम सिफारिस

काठमाडौं ज्येष्ठ १३ ,नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक ९एआर्ईजी० पदका लागि सात जना नायब महानिरीक्षकको नाम सिफारिसमा परेका छ । nepal prahariसिफारिसमा पर्नेहरूमा राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा,केदार साउद, वीरेन्द्रबाबु श्रेष्ठ, प्रतापसिंह थापा र रमेशशेखर बज्राचार्य रहेका छन् ।

गृहसचिब सूर्य सिलवालको  संयोजनमा रहेको समितीले १३ मध्ये ७ जनाको नाम बढूवाको लागि सिफारिस गरेको हो ।   प्रहरीको नियमावलीअनुसार समितिले बढुवा गरिएको सूचना आज साँझसम्ममा प्रकाशित गरिने बताइएको छ । कुनै असहमति भएमा सात दिनभित्र पुरावलोकन समितिमा उजुरी दिन पाउने प्रावधान छ ।