बिहिबार, बैशाख १३, २०८१

न्यायपरिषद्ले सिफारिस गरेका आठै न्यायाधीश अनुमोदित

काठमाडौँ ज्येष्ठ १२, सर्वोच्चका लागि न्यायपरिषद्ले सिफारिस गरेका आठ न्यायाधीशमध्ये कतिलाई अनुमोदन गर्ने भन्नेबारे लामो बहसपछि caसंसदीय सनुवाइ समितिले निर्णयका लागि आज बोलाएको बैठकमा न्यायाधीशको नाम अनुमोदनका सम्बन्धमा सभासद्हरूबीच मत बाझिएपछि मतदानको प्रक्रिया अवलम्बन गर्दै आठैजना न्यायाधीशको नाम अनुमोदन गरेको छ ।

अपराह्न २ बजेपछि सुुरु भएको सो बैठकमा सभासद्हरूबीच न्यायाधीश अनुमोदनको प्रसङमा मत नमिलेपछि बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले मतदानको प्रक्रिया अवलम्बन गर्र्नुभएको हो ।मतदानको प्रक्रियाबाट संसदीय सुनुवाई समितिले आजै सर्वोच्च अदालतमा प्रस्तावित आठमध्ये दुईजना सर्वसम्मत (वैद्यनाथ उपाध्याय र ओमप्रकाश मिश्र) र बाँकी  ६ जना जनालाइ बहुमतको आधारमा अनुमोदन गरेको हो।

संसदीय सनुवाइ समितिले यसअघि सर्वोच्चका लागि सिफारीस भएका न्यायाधीशहरु क्रमस वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्द उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्रशमसेर राणा र जगदीश शर्मा पौडेलसंग उहाँहरु विरुद्ध परेको उजुरी आधारमा सुनुवाइ गर्दा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशहरुले समिति समक्ष आफूविरुद्ध लागेका आरोपका सम्बन्धमा स्पष्टीकरण दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930