बिहिबार, बैशाख २०, २०८१

काठमाडौंको स्थानीय विकास अधिकारीमा भट्टराई

काठमाडौँ ज्येष्ठ ७, काठमाडौं जिल्ला विकास समितिले एक समाहरोका वीच पूर्व स्थानीय विकास अधिकारी प्रेमराज जाशीको विदाई एवम् नयाँ स्थानीय विकास अधिकारी तिर्थराज भट्टराईलाइ स्वागत सहित पदवहाल कार्यक्रमको आयोजना गरेका छन ।

IMG_20140521_160852पदवहाल कार्यक्रमलाइ सम्बोधन गर्दै स्थानीय विकास अधिकारी भट्टराईले उपलब्ध स्रोत साधानको अधिकतम प्रयोग गरेर काठमाडौं जिविसलाइ एक समुन्नत जिविसकोरुपमा लैजाने प्रतिवद्धता सहित सवै कर्मचारीहरुलाई सहकार्यका लागि अनुरोध गर्दै सेवाग्राहीका लागी प्रभावकारी कार्य सम्पादननै आजको प्रमुख आवश्यकता भएको बताउँनु भएको थियो । साथै उहाँले आफुसंग भएको भिजनको कार्यान्वयनका लागि प्राप्त अवसरको सहि सदुपयोग गन समेत त्यस अवसरका कर्मचारीहरुलाई आग्रह गर्नु भएको थियो ।

स्थानीय विकास अधिकारी भट्टराई यसअघि गृह मन्त्रालाय, स्थानीय विकास मन्त्रालाय र कारागार विभाग लगायतका निकायहरुमा एक सफल तथा कुसल राष्ट्र सेवककारुपमा क्रियाशिल रहदै आउनु भएका व्यक्तित्व हुनुहन्छ ।