शुक्रबार, चैत्र १६, २०८०

युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार’ संस्कृतिविद् जोशीलाई

काठमाडौँ ज्येष्ठ ८, युवकवि सिद्धिचरण श्रेष्ठको १०३ औं जन्मजयन्तीका अवसरमा यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार संस्कृतिविद् तथा siddicharanनेपालभाषा एकेडेमीका कुलपति सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ । रु. ५० हजार राशिको यो पुरस्कार नेपाली साहित्यमा योगदान पु-याउने व्यक्ति वा संस्थालाई प्रदान गरिदै आएको युग कवि सिद्धिचरण प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने यो पुरस्कार यसअघि इन्द्रबहादुर राई, माधव घिमिरे, धर्मराज थापा, वैरागी काईंला, पूर्णप्रकाश नेपाल तथा नेपाली साहित्य सम्मेलन दार्जलिङलगायतलाई प्रदान गरिसकिएको प्रतिष्ठानका अध्यक्ष रवीचरण श्रेष्ठले जानकारी दिनुभयो ।