बिहिबार, बैशाख २०, २०८१

राजधानीसहित मध्य र सुदूरपश्चिम क्षेत्रको तापक्रम बढ्दै

काठमाडौँ ज्येष्ठ ७, राजधानीसहित मध्य र सुदूरपश्चिम क्षेत्रको तापक्रम बढ्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल hot-sunतथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार तापक्रम बढेर तातो हावा (लु) चलेसँगै जनजीवन प्रभावित बनेको खवर आजको कान्तिपुर दैनिकमा प्रकाशित रहेकोछ ।

राजधानीमा पनि आइतबारदेखि तापक्रम बढ्दै गएको छ । आइतबार ३२।७ डिग्री रेकर्ड भएकामा मंगलबार ३३ डिग्री पुगेको छ । यो वर्ष वैशाख २४ गते नै राजधानीको तापक्रम ३३।५ डिग्री थियो । अहिलेसम्म सबैभन्दा बढी ३६।६ डिग्री रेकर्ड भएको छ ।

राजधानीसहित सुदूरपश्चिमका दिपायल, धनगढी र नेपालगन्जमा पनि जेठ लागेलगत्तै तापक्रम बढिरहेको छ । भैरहवा, सिमरा, जनकपुर र विराटनगरमा भने तापक्रम घटिरहेको छ । यद्यपि महाशाखाले पूर्वी तराईमा पनि तापक्रम बढ्दै जाने अनुमान गरेका छन् । भारतको बिहारसहित राजस्थानमा तातो हावा (लु) चलिरहेकाले त्यसको असर पश्चिममा परेको मौसमविद् पौडेलले बताएका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930