शुक्रबार, बैशाख १४, २०८१

न्यापरिषद्को पत्रले संसद्को गरिमा माथिनै आँच पु-याएको भन्दै सभासदहरु द्दारा आपत्ति

काठमाडौँ ज्येष्ठ ६, संसदीय सुनुवाइ विशेष समितिको आज बसेको बैठकले सर्वाेच्च अदालतका न्यायाधीश नियुक्तिका प्रकरणमा न्यायपरिषद्ले पछिल्लो पटक संसद्मा पठाएको जवाफले संसद्को गरिमा माथिनै आँच पु-caयाएको भन्दै न्यायपरिषदको यस कदम प्रति आपत्ति प्रकट गरेको छ ।

बैठकमा न्यायपरिषद्ले पठाएको पत्रलाई लिएर सभासद्बीच बहस र छलफल भएपनि कुनै निकास निस्कने संभावना नदेखेपछि नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)का संसदीय दलका सचेतकलाई प्रस्तुत मुद्धामा साझा निर्णय लिन भन्दै आजको बैठक स्थगन भएको घोषणा गर्दै समितिका सभापति कुलबहादुर गुरुङले बुधबार बिहान ८ बजे बस्ने अर्काे बैठकबाट यस विषयमा निर्णय लिईने बताउँनु भएको छ