सोमवार, जेष्ठ ७, २०८१

स्थायी न्यायाधीश नियुक्ति प्रकरणको सम्बोधनार्थ संसदीय सुनवाई विशेष समितिको बैठक बस्दै

काठमाडौँ ज्येष्ठ ५, सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्ति सिफारिस सम्बन्धमा र्सिजित विवाद उपर छलफल गर्न संसदीय सुनवाई विशेष समितिको बैठक आज पनि बस्दै छ । आजको बैठकमा न्याय परिषद्ले पठाएको पत्र र उजुरीका विषयमा आज पनि छलफल बताईएको छ। हिजोको caबैठकमा सुनवाइ विशेष समितिका सदस्यहरुबीच नै चर्काचर्की रुपमा न्यायाधीशको नाम अनुमोदन गर्ने वा नर्गर्ने भन्ने बारे काङ्ग्रेस, एकाले र माओवादी सम्बद्ध सभासदहरुवीच विवाद भए पछि बैठक स्थगित गरिएको थियो ।

यसैवीच न्यायाधीश नियुक्ति सिफारिस सम्बन्धमा न्यायापरिषदले संसदीय सुनवाई समितिमा उपस्थित हुन नसक्ने भन्दै पठाएको पत्रमा सर्वोच्च अदालतका स्थायी न्यायाधीशका लागि परिषद्ले गरेको सिफारिस नियुक्ति नै भएको जस्तो बाध्यकारी नहुने उल्लेख गरिएको छ । समितिका सदस्यहरुबीचतको विवादले समितिको बैठकमा स्पष्ट धारणा नआएपछि बैठक स्थगित गरिएको थियो । बैठक अहिले केहीबेरमा सिंहदरबारमा बस्ने संसद सचिवालयस्रोतले जनाएको छ ।