शुक्रबार, बैशाख ७, २०८१

संसदीय सुनुवाई समितिको बैठकमा सभासदवीच चर्काचर्की

काठमाडौं ज्येष्ठ ४, सर्वोच्च अदालतको स्थायी न्याधीशमा सिफारिस न्यायाधीश नियुक्ति प्रकरण्मा संसदीय सनुवाई विशेष समितिले न्यायाधीश नियुक्तिका विषयमा जानकारी लिन न्यायापरिषदका सदस्यहरुलाई बोलाएपनि सर्वोच्च अदालतले बोलाउन नमिल्ने निर्णय गरेपछि सृजित विवादका bidhan sava कारण मुलुकको राजनैतिक वृतमा नयाँ तरंग सिर्जना भएको छ।

यसैवीच आज न्यायाधीश नियुक्तिको बिषयमा छलफल गर्न बसेको संसदीय सुनुवाई समितिको बैठकमा सभासदवीच चर्काचर्की भएको बुझिएको छ । काँग्रेस सभासद् चीनकाजी श्रेष्ठले न्याय परिषद्का सदस्यलाई बोलाउने प्रावधान नभएको भन्दै नेपाली भाषा राम्ररी पढ्न सुझाव दिएपछि एमाले सभासद् भीम रावलले आक्रोशित हुंदै त्यसको प्रतिवाद गरेपछि बैठकमा तनाव भएको समाचार स्रोतले बताएका छन । स्रोतका अनुसार सिहदरवारमा जारी बैठकमा अहिले सभासद्हरुले धारणा राखिरहेका छन् । त्यस्तै वैठकमा न्यायपरिषदले पठाएको पत्र पेश भएको छ ।

परिषद सदस्य समितिमा सहभागी नभएपनि न्यायपरिषदले संसदीय समितिलाई पत्रचार भने गरेको छ । न्यायपरिषद्ले पठाएको पत्रको व्यहोरा समितिका सचिव धुव्र घिमिरेले बैठकमा पढेर सुनाउनुभएको छ ।न्यायधीश सिफासिका विषयमा न्यायापरिषदका पदाधिकारीसँग सनुवाई गर्न नपाइने फैसला गरेपछि संसदीय समितिलाई निर्णय गर्न अप्ठ्यारो स्थिती सिर्जना भएको बताईएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930