बिहिबार, बैशाख २०, २०८१

म आन्दोलनबाट तर्सने व्यक्ति होईन : मन्त्री आचार्य

काठमाडौं बैशाख २८, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यले पर्यटन व्यवसायीको जारी आन्दोलन तत्काल स्थगितार्भसम्म वार्तामा नबस्ने प्रष्ट अभिव्यक्ति दिनुभएको छ । राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री आचार्यले आन्दोलनबाट आफू नतर्सने र bhim-prasad आन्दोलन जारी रहे सोहि स्पिरिडमा आफूले पनि आफ्नो कामलाइ निरन्तर जारी राख्ने बताउदै अन्दोलन केवल आन्दोलनको लागि हो यसले केही फरक नपार्ने बताउँनु भएको हो । त्यस्तै उहाँले व्यवसायीले उठन गरेका धेरैमाग आफूले पूरा गरेको अवस्थामा अव व्यवसायीहरूले सरकारसँग गरेका प्रतिबद्धता पनि पूरा गर्नुपर्ने उहाँको जिकीर रहेको थियो ।

त्यस्तै मन्त्री आचार्यले पर्यटन बोर्डमा अराजकता व्यापक छ र आर्थिक हिनामिना भएको रहेछ भने अख्तियारले कारबाही थाल्नुपर्ने र स्वायत्त संस्था भएकाले बोर्डमा आफ्नै किसिमको कानुन लागू हुने बताउँदै उहाँले भन्नुभयो– ‘पर्यटन बोर्डका कायममुकायम प्रमुख सुवास निरौलालाई आन्दोलनकारीले भनेझैं हटाउन सकिन्न। आन्दोलनकारीले कराएर मात्र समस्या समाधान हुँदैन।’ क्यासिनो व्यवसायलाई कानुनी दायरामा ल्याउने कोसिसँगरेको र क्यासिनो बन्द गर्ने पक्षमा आफू नभएको स्पष्ट पार्दै व्यवसायीले बक्यौता तिरेमा अहिलेकै सञ्चालकलाई सञ्चालन गर्न दिने बताउँदै मन्त्री आचार्यले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेरै छाड्ने विश्वास व्यक्त गर्दै आफ्नो कार्यकालको पाँच वर्षभित्र २२ वटा जहाज ल्याउने योजनारहेको बताए ।