शुक्रबार, चैत्र १६, २०८०

आज संवैधानिक अभिलेख अध्ययन तथा निक्र्यौल समितिको बैठक बस्दै

काठमाडौं बैशाख   २८,   संविधानसभामा पेश गर्ने विषयलाई अन्तिम रुप दिन संवैधानिक अभिलेख अध्ययन तथा निक्र्यौल समितिको बैठक आज 40643ecdfcf3ac8836355f8c6ee20e1bबस्दैछ । संविधान निर्माणका लागि जटिल मानिएको न्याय प्रणाली सहित अघिल्लो पटक भएको सहमति वा असहमतिका विषयलाई संवैधानिक अभिलेख अध्ययन तथा निक्र्यौल समितिको उपसमितिले सूत्रबद्ध गरेर समितिमा पेश भएपछि दिउँसो २ बजे बोलाइएकोआजको बैठकमा पेस गरेका विषयमा थप छलफल गर्न समितिको बैठक बस्न लागेको बताइएको छ।

समितिसम्वद्ध स्रोतका अनुसार समितिले अघिल्लो संविधानसभाले तयार पारेको दस्तावेज अध्ययन गरी सहमति वा असहमतिको विषय निक्र्यौल भएका विषयलाई आज बस्ने समितिको बैठकमा छलफल गरि र संविधानसभामा पठाइने बताउँदै सहमति भएका विषयलाई मस्यौदा समितिमा पठाउने र असहमति कायम भएका विषयलाई राजनीतिक संवाद समितिमा पठाइने तयारी भईरहेको जनाएका छन ।