बिहिबार, बैशाख २०, २०८१

राहदानी आवेदन सङ्कलनका लागि थप काउन्टरको व्यवस्था

  काठमाडौँ वैशाख २, राहदानी विभागमा सेवाग्राहीको बढ्दो भीडभाड र उनीहरूले झेल्नु परेको सास्तीलाई दृष्टिगत गरी सरकारले राहदानी वितरण  _passport प्रणालीलाई अझ व्यवस्थित, सहज एवम् सेवाग्राहीमैत्री बनाउन आजदेखि थप तीनवटा आवेदन फाराम सङ्कलन केन्द्र सञ्चालन गरेको छ ।सरकारले विद्यमान छवटा फाराम सङ्कलन काउन्टरलाई बढाएर नौवटामा पु-याएको हो ।

राहदानी लिने सर्वसाधारणको भिड राहदानी विभागमा सधैँ लागिरहने र सेवाग्राहीले सास्ती खेप्नुपरेकाले उनीहरूलाई राहत दिन काउन्टर थपिएको विभागले जनाएको छ । त्यस्तै विभागले कायमा सहजता ल्याउन करार सेवामा १५ जना जनशक्ति थप्ने कार्ययोजना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्तुत भइसकेको जनाउँदै यस विषयमा निर्णय हुने वित्तिकै राहदानीसम्बन्धी समस्या समाधान गर्न थप सहजहुने बताएका छन ।