बुधबार, बैशाख २६, २०८१

संवैधानिक–राजनीतिक संवाद समितिको सभापतिको चयन आईतवार हुने

 काठमाडौ चैत २४, संविधानसभा मातहत रहेको सवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको चयन आउँदो आइतबार हुने भएको छ । समितिको आज बसेको बैठकले सभापतिको चयनबिना समितिका काम कारबाही, विधि र प्रक्रिया अधुरो अपुरो हुने देखिएको जनाउँदै सहमतिका आधारमा resize_imageसभापति चयनका लागि चैत ३० गते बिहान ११ बजेको समय तोक्ने निर्णय गरेको हो । 

प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, एनेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाललगायत संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख एवम् संसदीय दलका नेता सहभागी रहेको बैठकमा भाग लिने अधिकांश सदस्यले संविधानसभाले पारित गरेको कार्यतालिकाको सेरोफेरोमा रहेर सोहीअनुरुपको समितिको कार्यतालिका बनाई समितिको कामलाई तीव्रता दिन सभापतिको चयनका लागि निर्वाचनको मिति तोक्न सुझाव दिनुभएको हो
समितिका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको अध्यक्षतामा बसेको सो बैठकमा १६ सदस्यले समितिका गतिविधि र कामकारबाहीलाई विधिप्रक्रियासम्मत ढङ्गबाट प्रभावकारी तुल्याउने र संविधान लेखनलाई तीव्रता दिने विषयमा सुझाव दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031