शुक्रबार, बैशाख १४, २०८१

छुट्टै कानुनी व्यवस्थाको माग गर्दै महानगरपालिकामा धर्ना

 काठमाडौ चैत २४, सरकारले गत फागुन १४ देखि सडकमा व्यवसाय गर्दा पैदल यात्रुलाई हिँडडुल गर्न समस्या आएको भन्दै सो व्यवसाय सञ्चालनमा रोक लगाएकोमा आपत्ती प्रकट गर्दै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घले स्वरोजगार व्यवसायीलाई छुट्टै कानुनी kmc officeव्यवस्था तथा व्यावसायिक परिचयपत्र लागू गर्नुपर्ने माग गर्दै आज काठमाडौँ महानगरपालिकामा धर्ना दिएको छ ।

उनीहरूले व्यवसायीलाई सुरक्षित र दीर्घकालीन वैकल्पिक ठाउँको व्यवस्था गरिनुपर्ने भन्दै गत एक महिनादेखि शान्ति पूर्ण आन्दोलन गर्दै आएका छन् ।
राष्ट्रिय स्वरोजगार व्यापार सङ्घ, संयुक्त व्यापार व्यवसायी सङ्गठन नेपाल आबद्ध श्रमिकले पनि सो आन्दोलनमा सहयोग गरेका छन् । जिफन्टका सचिव नरनाथ लुइँटेलले सरकारले व्यवसायमा एकैचोटि प्रतिबन्ध लगाउँदा हजाराँै व्यावसायिक श्रमिक रोजीरोटीबाट विस्थापित हुने हुँदा त्यसको विकल्प दिएर व्यवसायलाई व्यवस्थित गर्न धर्ना कार्यक्रमका सहभागिहरुले बताएका छन ।