शनिबार, बैशाख ८, २०८१

कोइराला नेतृत्वको सरकारमा राप्रपा र माले सहभागी

  काठमाडौ चैत २४, प्रधानमन्त्री सुशील कोइरालाले मौजुदा मन्त्रिमण्डल विस्तार गरी राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (माले)लाई सरकारमा सहभागिता thumbगराउनुभएको छ । राप्रपाका तर्फबाट सुनिलबहादुर थापा र मालेका तर्फबाट नीलम केसी खड्का मन्त्रिमण्डलमा सहभागी हुनुभएको छ । राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री कोइरालाले वाणिज्य तथा आपूर्तिमन्त्रीमा थापा र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीमा खड्कालाई आज अपराह्न शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, उपप्रधानमन्त्री प्रकाशमान सिंह, मन्त्रिगण, मुख्य सचिव, राप्रपाका अध्यक्ष सूर्यबहादुर थापा, नेकपा (माले)का महासचिव सिपी मैनालीलगायत विशिष्ट महानुभावको उपस्थिति थियो । नवनियुक्त मन्त्री थापा धनकुटाबाट संविधानसभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो । गत माघ २८ गते प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री कोइरालाले यसअघि फागुन १३ गते मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो ।