शुक्रबार, बैशाख २१, २०८१

एमालेको नवौं महाधिवेशनको कार्ययोजना पारित

 काठमाडौँ फागुन २८ , जेठको २५ देखि ३० गतेसम्म काठमाडौँमा हुँने नेकपा (एमाले) को नवौं महाधिवेशन तयारीसम्बन्धी कार्यदलले तयार पारेको कार्ययोजना आजको स्थायी कमिटीको बैठकले पारित गरेको छ । आगामी जेठको २५ देखि ३० गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कमिटीको निर्णय गरेअनुसार  सोको विस्तृत तयारीका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित नौ सदस्यीय कार्यदलले पेस गरेको कार्ययोजना पारित भएको हो ।

महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको कार्ययोजनाअनुसार महाधिवेशन तय भएको अवस्थामा नयाँ सङ्गठित सदस्यता वितरण रोक्का गर्ने, सदस्यता नवीकरणको कार्य आउँदो चैत मसान्तसम्म पूरा गर्ने, २०७० वैशाखभित्र त्यसलाई केन्द्रीय कमिटीले रुजू र प्रमाणीकरण गर्ने उल्लेख छ ।

बैठकपछि पार्टीका उपाध्यक्ष विद्यादेवी भण्डारीले दिनुभएको जानकारीअनुसार जेठको १० गतेदेखि १५ गतेभित्र महाधिवेशन प्रतिनिधि चयन गरिनेछ ।प्रतिनिधि चयनलाई व्यवस्थित र एकरूपता ल्याउन एक अञ्चलमा एकदिन सम्पन्न गर्ने गरी पाँच दिन तय गरिएको हो । एमालेमा हाल उपत्यकासहित १६ अञ्चल कमिटी र मातहतका कमिटी कार्यरत छन् ।