शनिबार, बैशाख ८, २०८१

संविधानसभा कार्य सञ्चालन नियमावली २०७० को मस्यौदा पारित

 काठमाडौं फागुन २८,  संविधानसभा नियमावली मस्यौदा समितिले आज संविधानसभा नियमावली २०७० र संविधानसभा व्यस्थापिका–संसदको sansadhकार्यासञ्चालन नियमावली २०७० को मस्यौदा पारित गरेको छ । सो समितिका सभापति लक्ष्मणलाल कर्णको सभापतित्वमा आज बसेको समितिको बैठकले सो मस्यौदा पारित गरेको समितिले जनाएको छ । समितिबाट पारित दुवै नियमावलीको मस्यौदासहितको प्रतिवेदन संविधानसभामा प्रस्तुत गर्न आजै सभाध्यक्षसमक्ष पेस गर्ने कार्यक्रम रहेको बुझिएको छ ।